इङ्लिस प्रिमियर लिगमा मंगलबार राति म्यानचेस्टर युनाइटेडले नोटिङ्घम फरेस्टलाई ३–० को नतिजामा पराजित गरेको छ। ओल्ड ट्राफोर्डमा भएको खेलको १९ औं मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए।
त्यसको तीन मिनेट नबित्दै एन्थोनी मार्सियालले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारेका थिए। भ्रमणकारी फरेस्टमाथि हाबी बनेको युनाइेटले थुप्रै गोलका अवसर सिर्जना गरेको थियो। निर्धारित ९० मिनेटको खेल सकिन तीन मिनेट बाँकी रहँदा फ्रेडले गोल गर्दै ३–० को जित सुनिश्चित गरे।
जीतसँगै १५ खेलबाट २९ अंक जोडेको युनाइटेड पाँचौं स्थानमा छ। फरेस्ट १६ खेलमा १३ अंक जोडेर १९औं स्थानमा छ। मंगलबार राति नै भएको खेलमा चेल्सीले बर्नमाउथलाई २–० ले पराजित गरेको थियो
