स्लोभेनिया र जोर्डनका लागि राजदूत


राष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशका लागि आवासीय राजदूत नियुक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले जोर्डनका लागि सुशीलकुमार लम्साल र स्लोभेनियाका लागि भरत कुमार रेग्मीलाई गैर आवासीय राजदूतमा नियुक्त गरेकी हुन्।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई जोर्डन अधिराज्यका लागि स मेत गैरआवासीय राजदूत पदमा र अष्ट्रिया,संयुक्त राष्ट्रसंघ कार्यालय भियानका लागि नेपालको आवासीय राजदूत भरत कुमार रेग्मीलाई गणतन्त्र स्लोभेनियाका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।

Previous Post Next Post

राशिफल by:

- ज्याे. तुलसी भारद्वाज निरौला

نموذج الاتصال