एट्लेटिको स्टार भन्छन् – ‘मेस्सीले विश्वकप जितेपछि सर्वश्रेष्ठ को भन्ने बहस सकियो’


एट्लेटिको मड्रिडका मिडफिल्डर कोकेले विश्वको उत्कृष्ट खेलाडी को हो भन्ने बहस सकिएको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा कोकेले विश्वको उत्कृष्ट खेलाडीको बहसमा पूर्णविराम लागेको बताएका हुन्।

हालसालै डायरियो एएसलाई अन्तर्वार्ता दिने क्रममा कोकेले बताएकी अब विश्वको सर्वोत्कृष्ट खेलाडी हो भनेर बहस गर्न जरुरत छैन। उनले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी फुटबल इतिहाँसकै सबै भन्दा उत्कृष्ट खेलाडी रहेको बताए।

मेस्सीले निरन्तर आफूलाई प्रमाणित गरिरहेको उनको भनाई छ। गोल, असिस्ट सँग-सँगै आफ्नो टोलीलाई खेलाउने सबै बिदामा मेस्सीले आफूलाई अब्बल रुपमा उभ्याएको उनले बताए। उनका अनुसार मेस्सी विश्वकपको हकदार थिए।

“मेस्सीमा केहिको कमि थियो भने त्यो विश्वकप थियो। उनी अहिले सम्मकै उत्कृष्ट खेलाडी हुन्। उनले यसलाई उत्कृष्ट नियमितताका साथ प्रमाणित गरिरहेका छन्। गोल, असिस्ट सँगै टोलीलाई खेलाउने सबै मामलामा उनी अब्बल ठहरिएका छन्। उनी विश्वकप जित्न योग्य थिए। यसमा हामी सबैले बधाई दिनै पर्छ। विश्वको सबै भन्दा उत्कृष्ट खेलाडी को हो भन्ने विषयमा अब छलफल गरिरहन आवश्यक छैन।”,कोकेले भने।

विश्वकपको फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पराजित गरेको थियो। सो उपाधिसँगै मेस्सीको ट्रफी क्याबिनेट पूर्ण भएको छ। मेस्सीले अहिले सम्म फुटबलमा जित्न सम्भव सबै उपाधि जितिसकेका छन्। यससँगै लामो समय देखि मेस्सी र क्रिस्टियानो रोनाल्डो बीच को उत्कृष्ट भन्ने बहसमा पूर्णविराम लागेको चर्चा गर्न थालिएको छ। र कोकेले पनि त्यस्तै संकेत गरे।

Previous Post Next Post

राशिफल by:

- ज्याे. तुलसी भारद्वाज निरौला

نموذج الاتصال