पाल्पाको खुर्सानेमा भएको बस दुर्घटनामा ६ जना महिलाको ज्यान गयो, १८ घाइते


पाल्पामा भएको बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा १८ जना घाईते भएका छन् । रैनादेवि छहरा गाउँपालिका वडा नम्बर ८ खुर्सानेमा भएको दुर्घटनामा ६ जना महिलाको ज्यान गएको हो । रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुर्सानेका लागि छुटेको यात्रुवाहक बस गएराती १० बजेतिर मधुवन टारीफाँट नजिकै राधादी गैरामा दुर्घटना भएको स्थानीयले जनाएका छन् ।

ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुर्साने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री र गुनी गाहाको ज्यान गएको वडा नम्बर ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए । मृतक एकजनाको पहिचान भएको छैन ।

बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको प्रहरी चौकी जुठापौवाका बरिष्ठ हवल्दार लिलाबहादुर केसीले बताए । दुर्घटनाका घाईते १८ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको स्थानीय पत्रकार भुवन रायमाझिले जानकारी दिए ।

Previous Post Next Post

राशिफल by:

- ज्याे. तुलसी भारद्वाज निरौला

نموذج الاتصال