पोखरा जहाज दुर्घटना: तीन शिशुसहित ५३ नेपाली र १५ विदेशी यात्रु सवार


अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार जहाजमा चार जना चालक दलका सदस्य र ६८ यात्रु सवारी थिए। जसमा तीन जना शिशु, तीन बालबालिका र ७६ वयस्क सवार रहेका थिए।

त्यस्तै, जहाजमा सवार ६८ यात्रुमध्ये ५३ जना नेपाली र १५ जना विदेशी नागरिक रहेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार अहिलेसम्म २९ जनाको शव संकलन भएको छ। उनीहरूको पहिचान खुलेको छैन। अझै उद्धार जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

काठमाडौंबाट आइतबार बिहान साढे १० बजे उडेको ‘९एन–एएनसी’ जहाज पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि दुर्घटना भएको थियो। पोखरा महानगरपालिका–१५ सीताराम पुलनजिक सेतीको खोचमा परेको थियो।

दुर्घटना लगत्तै जहाजमा आगो लागेको थियो। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले आगो निभाएका छन्। सेतीको खोचमा परेकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ 

Previous Post Next Post

राशिफल by:

- ज्याे. तुलसी भारद्वाज निरौला

نموذج الاتصال