कांग्रेस र एकीकृत समाजवादीको बैठक बस्दै, विश्वासको मतबारे निर्णय गर्ने


नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (मंगलबार) बस्दैछ। १० पुसमा प्रधानमन्त्री बन्नुभएका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न आज बिहान बैठक बस्न लागेको हो ।

त्यसअघि कांग्रेसको पदाधिकारीको समेत बैठक बस्ने कांग्रेस स्राेतले जनाएकाे छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा १६९ सांसदले दाहाल नेतृत्वकाे सरकारलाई विश्वासको मत दिने निश्चित भए पनि प्रमुख प्रतिपक्ष भनिएको कांग्रेस अनिर्णित छ।

प्रधानमन्त्री हिजाे सोमबार मात्र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेर विश्वासकाे मत माग्नुभएकाे थियाे । भेटमा प्रचण्डले विश्वासको मत माग्दा देउवाले सकारात्मक प्रतिक्रिया दिनुभएकाे थियाे । देउवाले विश्वासको मत दिने बचन दिए पनि आधिकारिक निर्णय भइसकेको छैन । त्यसका लागि देउवाले अहिले बिहान संसदीय दलको बैठक बोलाउनुभएकाे छ ।

कांग्रेसभित्र दाहाल सरकारलाई विश्वासको मत दिनुपर्ने पक्षमा संस्थापन पक्ष छ। कोइराला समूह भने प्रतिपक्षमा बस्नुपर्ने अडानमा छ। खासगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा प्रतिपक्षमै बसेर शक्ति आर्जन गर्नुपर्ने पक्षमा रहनुभएकाे छ। 

Previous Post Next Post

राशिफल by:

- ज्याे. तुलसी भारद्वाज निरौला

نموذج الاتصال