राहदानी वितरण सहज बनाउन विज्ञ टोली गठन


गृह मन्त्रालयले राहदानी वितरण सहज बनाउन विज्ञ टोली गठन गरेको छ ।

मन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र प्राप्त गर्न लामो र झन्झटिलो प्रक्रिया भएकाले त्यसलाई सहज बनाउन विज्ञ टोली गठन गरेको हो । टोलीले बुझाउने प्रतिवेदनका आधारमा समस्या समाधान गरिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले सूचना प्रविधि विज्ञहरूको टोली गठन गरेर अध्ययन सुरु गरिएको जानकारी दिनुभयो। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएसँगै सार्वजनिक सेवामा सर्वसाधारणको सहज पहुँचलाई प्राथमिकतामा राखेको छ।

यस्तै मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गृहमन्त्री रवि लामिछानेले राहदानीलगायत महत्वपूर्ण परिचय पत्र वितरणलाई सहज बनाउने र लाइन लाग्नुपर्ने बाध्यता हटाउने बताउनुभएको थियो ।

यसै विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमनत्री लामिछानेबीच बिहान बालुवाटारमा छलफल भएको थियो ।

Previous Post Next Post

राशिफल by:

- ज्याे. तुलसी भारद्वाज निरौला

نموذج الاتصال