एमाले सुदूरपश्चिम संसदीय दलको नेतामा रावल, उपनेता मा काे


नेकपा एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा राजेन्द्र रावल सर्वसम्मत चयन भएका छन् ।

शनिबार अत्तरियामा ज्येष्ठ सदस्य हिरा सार्कीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले रावललाई दलको नेता सर्वसम्मत चयन गरेको हो ।

बैठकले दलको उपनेतामा सन्तोष कुमारी शर्मा थापा सर्वसम्मत चयन भएकी छन् ।थापा केन्द्रीय सदस्य तथा कैलाली सहइन्चार्ज हुन् ।

सुदूरपश्चिम प्रदेशसभामा एमालेका १० जना प्रदेश सभा सदस्य छन् ।

दलको नेता निर्वाचित रावल कञ्चनपुरबाट समानुपातिक प्रणालीबाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद तथा पार्टीका पोलिट ब्युरो सदस्य तथा सुदूरपश्चिम सहइन्चार्ज हुन्

Previous Post Next Post

राशिफल by:

- ज्याे. तुलसी भारद्वाज निरौला

نموذج الاتصال