प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईबीच शनिबार बिहान बालुवाटारमा भेटवार्ता भएको हो ।
भेटमा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको भट्टराईको सचिवालयले जनाएको छ ।
भेटमा दुई पार्टी एकताको प्रक्रियालाई अघि बढाउने विषयमा पनि छलफल भएको छ ।यी दुई दलबीच चुनावकै बेला एकता गर्ने गरी छलफल भएको थियो । र, त्यसै अनुसार भट्राईको पार्टीका नेता माओवादीको चिन्हमा चुनाव लडेका थिए ।
