इरानमा भोक हडतालमा बसे महिला बन्दी, के छन् उनीहरुका माग ?


इरानको राजधानी तेहरानस्थित कारागारमा महिला कैदीहरू भोक हडतालमा छन् । कारागारको अप्ठ्यारो अवस्था र स्वास्थ्य सुविधाको अभाव भएको उनीहरूको गुनासो छ । अनशनमार्फत उनीहरुले यसलाई सुधार गर्न माग गर्दै आएका छन् ।

अर्मिता अब्बासी तेहरानको काचोई जेलमा जारी भोक हडतालमा सहभागी बन्दी मध्येकी एक हुन् । महसा अमिनीको हिरासतमा मृत्यु भएपछि सरकार विरोधी आन्दोलनमा भाग लिएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

यस जेलका अर्का चर्चित व्यक्तित्व इरानी चित्रकार इल्हाम मोदारेसी हुन्। इल्हाम मोदरेसीले आफूमाथि लागेको आरोप स्वीकार गर्न यातना दिएको बताउँछन् ।

उनले इरानी अधिकारीहरूले आफूलाई सरकारी सुविधाहरूमा क्षति पुर्‍याएको अपराध स्वीकार गर्न दबाब दिएको बताएका थिए।

गत वर्ष सेप्टेम्बरमा महसा अमिनीको मृत्युपछि इरानमा सुरु भएको सरकार विरोधी प्रदर्शनमा भाग लिएको आरोपमा कम्तीमा १४ हजार व्यक्तिलाई पक्राउ गरिएको विश्वास गरिएको छ ।

Previous Post Next Post

राशिफल by:

- ज्याे. तुलसी भारद्वाज निरौला

نموذج الاتصال