१. देवी लक्ष्मिको मुर्ति एक भन्दा धेरै आफ्नो कोठामा नराख्नुहोस् । शुक्रबारको दिन देवि लक्ष्मिको पुजा विशेष फलदायक मानिन्छ।२.तपाईंको घरमा धेरै देविको मुर्ति छ भने आफ्नो सबै कोठाहरुमा अलग–अलग राख्नुहोस् । बाँकीलाई कतै विसर्जन गर्दिनुहोस् ।
३.यदि तपाईंको पर्स च्यातिएको छ भने त्यसलाई बदल्नुहोस् र काम नलाग्ने चीजहरुलाई फाल्नुहोस् । एउटा सिक्का शुक्रबारको दिन देवी लक्ष्मिको मन्दिरमा चढाउनुहोस् अर्को सिक्कालाई रातो कपडामा बेरेर पर्समा राख्नुहोस् ।
४.जीवनसाथीसँग तालमेल बनाइराख्नुहोस् । धन सम्बन्धी विषयमा जीवनसाथीसाग छलफल गरेर मात्रै फैसला गर्नुहोस् ।५. विहान उठ्ने वित्तिकै ऐना नहेर्नुहोस् । विहान उठेर दुवै हात जोडेर देवी लक्षिमको ध्यान गर्नुहोस् ।
६. गणेशजीलाई नभुल्नुहोस् । धनसम्बन्धी काम गर्न जानुभयो भने गणेशको पुजा गर्न नभुल्नुहोस् । बुधबारको दिन अनिवार्य रुपमा ५ वटा दुवो चढाउनुहोस् ।
७. बेलुका कसैलाई पैसा नदिनुहोस् । सुत्नुभन्दा अघि पैसा दिनु राम्रो नहुने बताइन्छ ।८.शनिबारको दिन मदिरा सेवनबाट जोगिनुहोस् ।
९.सोमबारको दिन पीपलको पुजा नगर्नुहोस् । यो दिन पीपलको पुजा गर्दा घरमा अलक्ष्मिको प्रवेश हुने विश्वास छ ।१०. परिवारमा बहिनी र छोरीलाई अपशब्द प्रयोग नगर्नुहोस् । धन सम्बन्धी काम शुक्रबार गर्नु शुभ रहने जनाइएको छ