नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनुको कारणको खुलासा गर्नुभएको छ ।
आज विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर दिएको खुलासा गर्नुभएको हो। उहाँले अझै केही निर्वाचन बाँकी रहेको र ती निर्वाचनलाई हेरेर पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताउनुभयो।
नेता कोइरालाले ती निर्वाचनमा माओवादीले कांग्रेसका उम्मेदवारलाई साथ दिने ग्यारेन्टी नभएपनी पार्टीले मत पाउने आशा भने गरेको बताउनुभयो । उहाँले आफूहरु प्रतिपक्षमा नै बस्ने र सरकारको गुण र दोषका आधारमा भूमिका खेल्ने नेता कोइरालाले बताउनुभयो ।