एकैपटक १८ हजार कर्मचारीलाई जागिरबाट निकाल्दै अमेजन


ई-कमर्स प्लेटफर्म अमेजनले १८ हजार कर्मचारीलाई जागिरबाट निकाल्ने भएकाे छ । हालै कम्पनीका प्रमुख कार्यकारी एन्डी जेस्सीले एक ब्लग पोस्ट राख्दै १८ जनवरीबाट कर्मचारी बर्खास्त गर्न लागेको खुलासा गरेका हुन् ।

कुन देशका कर्मचारीलाई निकाल्न लागिएकाे हाे भन्ने विषयमा भने केही खुलाएका छैनन् । युरोपको कन्जुमर रिटेल बिजनेसबाट कर्मचारी सङ्ख्या कटौती हुने चर्चा छ । तीन लाख बढी कर्मचारी रहेको अमेजनले एकैपटक छ प्रतिशत कर्मचारी कटौती गर्न लागेको हो ।

"हामीले विगतका वर्षमा ठूलो सङ्ख्यामा कर्मचारीलाई काममा राख्दै आएका थियौं," जेस्सीले ब्लगमा लेखेका छन्, "अनिश्चित अर्थतन्त्रलाई ध्यानमा राखेर हामी यो निर्णय गर्दैछौं ।"

कम्पनीका एक कर्मचारीले बर्खास्त गर्न लागेको सूचना लिक गरेपछि यसलाई पुष्टि गर्दै जेस्सीले ब्लग लेखेका हुन् । पछिल्लो समय ठूला प्रविधि कम्पनीले कर्मचारी कटौती गरिरहेको अवस्थामा अमेजन पनि समावेश भएको छ ।

यसअघि सन् २०२२ मा मेटाले एकैपटक ११ हजार कर्मचारी कटाैती गरेकाे थियाे । त्यस्तै ​गत बुधबारमात्रै अर्को प्रविधि कम्पनी सेल्सफोर्स ईन्कले आठ हजार कर्मचारीलाई​ जागिरबाट निकाल्ने घाेषणा गरेकाे थियाे ।

Previous Post Next Post

राशिफल by:

- ज्याे. तुलसी भारद्वाज निरौला

نموذج الاتصال