एमालेले आफ्ना सांसदलाई अंग्रेजी पढाउने


नेकपा एमालेले आफ्ना सांसदहरुलाई अंग्रेजी भाषाको कक्षा दिने भएको छ ।

प्रतिनिधिसभामा निर्वाचित एमाले सांसदका लागि आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई अंग्रेजी पढ्न चाहना राख्ने सांसदहरुलाई कक्षा सञ्चालन गर्ने जानकारी दिएका हुन् ।

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘विदेश जान खुट्टा उचाल्ने, अंग्रेजी बोल्न नआउने, यस्तो पनि हुन्छ ? अब अंग्रेजी पनि पढ्न पाइन्छ । हामी बीचका विज्ञले पढाउनु हुनेछ । चाहना भए पढ्नुहोस् ।’

Previous Post Next Post

राशिफल by:

- ज्याे. तुलसी भारद्वाज निरौला

نموذج الاتصال