मेयरमा निर्वाचित भएपछि पहिलो पटक विदेश भ्रमणमा बलेन


काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) इन्डोनेसिया गएका छन् । मेयर बालेन निजी भ्रमणको लागि इन्डोनेसिया गएको मेयरका प्रमुख स्वकीय सचिव भुपदेव शाहले जानकारी दिए ।

उनका अनुसार बालेन २५ पुसमा नेपाल फर्किनेछन् । यो भ्रमण नितान्त निजी रहेको र सरकारी कार्यक्रम नरहेको स्वकीय सचिव भुपदेवले बताए ।

काठमाडौँ महानगरको मेयरमा निर्वाचित भएपछि बालेनको पहिलो विदेश भ्रमण हो ।

Previous Post Next Post

राशिफल by:

- ज्याे. तुलसी भारद्वाज निरौला

نموذج الاتصال