मरेको मानिस न्यायका लागि बोल्न सक्दैन


क्रिकेटर आरिफ शेखले बलात्कार आरोपमा जेलमा रहेको पूर्व कप्तान सन्दीप लामिछानेको विषयमा छिटोभन्दा छिटो न्याय निरुपण गर्न आग्रह गरेका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा आरिफले एक पोस्ट गर्दै उनले सन्दीपलाई जतिसक्दो चाँडो न्याय होस् र देशका लागि खेलेर गौरवान्भित गर्न सकोस् भन्ने कामना गरेका छन्।

उनले मरेको मानिसले न्यायका लागि बोल्न नसक्दै भन्दै न्याय दिलाउनु जीवितहरूको कर्तव्य भएको बताएका छन्।

सन्दीप अहिले हिरासतमा भएका कारण उनले आफ्नो न्यायको बारेमा राम्ररी पैरवी गर्न नसकिरहेको अवस्थामा बाहिर भएका मानिसले उसको न्यायका लागि बोल्नुपर्ने उनको आशय हो।

नाबालिग बलात्कार आरोपमा सन्दीप असोज २१ गतेदेखि हिरासतमा छन्। भदौ ५ गते राति गौशालाको एक होटलमा १७ वर्षीया किशोरी बलात्कार गरेको आरोप उनीमाथि छ।

अहिले सोही मुद्दामा उनी पुर्पक्षका लागि थुनामा छन्।

Previous Post Next Post

राशिफल by:

- ज्याे. तुलसी भारद्वाज निरौला

نموذج الاتصال